काठमाडौं । आज मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइपलाइनको उद्घाटन गरेका छन् ।
आज (मङ्गलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उनका भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गरेका छन् ।
भारतको नयाँ देल्लीबाट भिडियो कन्फ्रेन्समा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि दुई देशबीचबको साझेदारी लाई सक्रिय बनाउने छु भनेका छन् ।
प्रधानमन्त्री मोलीदे नयाँ क्षेत्रमा पनि साझेदारी बढाइने उल्लेख गरे । मोलीदे नेपाल भारतबीच सम्झौता भएका विभिन परियोजना समयमै पूरा भएकोमा उनले खुशी व्यक्त गरे ।
पाँच बर्षको अवधिमा विभिन्न दुई पक्षीय सम्झौता सम्पन्न भएको मोदीले बताए । यसबीचमा पशुपतिनाथ धर्मशालाको उद्घाटन भएको समेत मोदीले स्मरण गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभ, थप सक्रियता र दुई देशको सम्बन्ध थप उचाइमा पुगोस भनी मोदीले शुभकामना व्यक्त गरे ।
नेपालको विकासमा भारतले थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । मोदीले आफू छिट्टै नेपाल भ्रमणमा आउने समेत बताए ।