अछाम । लगानिमा साझेदारी बढाउन अछाम जिल्ला ३ जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकार अार्थिक मामिला तथा योजना मन्त्रालयको अायोजनामा भएको अन्तरक्रियामा डोटि, बाजुरा र अछामका समन्वय समिति प्रमुख उपप्रमुख, नगरपालिका प्रमुख उपप्रमुख र गाउपालिका अध्यक्ष उपाध्यक्ष सहभागि अन्तरक्रियामा अागामि पन्च बर्षिय योजनाका साथ अघि बढने सहित हुन लागेको लगानि सम्मेलनका लागि सुझाव सल्लाह दिएका छन ।
प्रत्येक स्थानिय तहका जनप्रतिनिधिले कृषि, पर्यटन, जलस्रोत, जडिबुटि, पुर्बाधर बिकास, सेवा क्षेत्र लगाएतका बिषयमा सुझाब दिदै प्रदेशले योजना बनाउदा सबै स्थानिय तहका सुझाब सल्लाह ग्रहण गर्नु पर्ने बताएका थिए ।
प्रदेशको समृध्दिसँग जोडिएको लगानि सम्मेलन भएकाले ५ बर्ष भित्र गर्ने प्रत्येक कामको जानकारि सबैले पाउनु पर्नेमा उहाँहरुको जोड रहेको थियो । सहभागी जनप्रतिनिधिका गुनासोका उत्तर दिदै सुदुरपश्चिम प्रदेश सरकार अार्थिक मामिला तथा योजना मन्त्रि झपट बहादुर बोहराले करका दायरामा ल्याउन सकिने सबै करका बिषयमा जनप्रतिनिधि जानकार हुनु पर्ने बताउनु भयो ।
केन्द्र, प्रदेश र स्थानिय सरकारको समन्वयमा २१ वटा क्षेत्रबाट कर उठाउन पाउने भएकाले त्यसलाई अबलम्बन गर्दै अघि बढनुपर्ने बताउनु भयो । सबैका सुझावलाई अात्मसाथ गर्दै लगानि सम्मेलनमा समटदै जाने बताउनु भयो । सबै क्षेत्रबाट करमा एकरुपता ल्याउनका लागि प्रदेश सरकार सबैसँग छलफल गर्न तयार रहेकाले साथ दिन अाग्रह गर्नु भयो ।
कार्यक्रममा अर्थ बिकास तथा प्राकृतिक स्रोत बिकास समितिका सभापति हर्क बहादुर कुवर गोबिन्दले सविधानले दिएका अधिकार पुरा गर्न अझै पनि नसकिएको बताउदै सँघ सरकारले प्रदेश सरकारलाई अझै अधिकार दिन नसकेको बताउनु भयो । लगानि सम्मेलनको उपलब्धिका लागि साझेदारिका मापदण्ड सहित अघि बढन अाग्रह गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति डोटिका प्रमुख राम बहादुर अयर, जिल्ला समन्वय समिति अछाम उपप्रमुख टोप बहादुर रावल, नगरपालिका सँघका केन्द्रिय सदस्य मन्जु मलासि, गाउपालिका राष्ट्रिय महासँघका उपाध्यक्ष सरस्वति रावल, नेकपा कार्यालय सचिव नमराज न्याैपाने, नेपालि काग्रेस जिल्ला सचिव नम बहादुर शाहिले सुझाब सहित मन्तब्य राख्नु भएको थियो ।