डोटी । डोटीको जोरायल गाउपालीका को आफ्नै भवन निर्माण हुने भएको छ । आज जोरायल गाउपालीका अध्यक्ष दुर्गा ओझा ले निर्माण हुन लागेको भवन को एक कार्यक्रमका बिच सिलन्यास गरेका छन ।
दुई करोड एक लाखमा निर्माण हुन लागेको भवनमा १४ कोठा हुनेछन । भवन को निर्माण कार्य आउदो जेठ महिना भित्र सम्पन्न भई सक्ने छ । भवन भुकम्प रहित र अपाङ्ग मैत्री बन्ने अध्यक्ष ओझाले जानकारी दिए । भवन निर्माण कार्य को जिम्मा थामी निर्माण सेवाले पाएको छ ।
