अछाम / चौरपाटी गाउँपालिकाका स्वास्थ्य संस्थाबाट एक बर्षको अवधिमा २९ हजार ९ सय २१ जना विरामीले सेवा लिएका छन ।
एक बर्षको अवधिमा वडा नं. १ सिउडी स्थित चौरमाण्डौ प्राथमिक केन्द्रमा गत आर्थिक बर्ष २०७५÷०७६ को तथ्याङ्क अनुसार ८ हजार १ सय ७ जना दोहोरिने गरी सेवा लिएका छन ।
यस्तै वडा नं. २ सोकट स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष २०७४÷०७५ मा ३ हजार ८ सय ६९ जना सेवा लिएका थिए भने गत आर्थिक बर्ष २०७५÷०७६ मा ३ हजार ८ सय ४ जनाले सेवा लिएको स्वास्थ्य चौकी ईञ्चार्ज रेबन्त बोहराले जानकारी दिनु भयो ।
उता वडा नं. ३ मा एक हजार ५ सय ६१ जनाले सेवा लिएको सामुदायिक ईकाइ स्वास्थ्य केन्द्र सोकटले जनाएको छ । यस्तै वडा नं. ४ पायलमा आर्थिक बर्ष २०७४÷०७५ मा ३ हजार ३ सय ९० जनाले सेवा लिएका थिए भने आर्थिक बर्ष २०७५÷०७६ मा विरामी संख्या घटेर २ हजार ८ सय ७४ जनाले सेवा लिएको पायल स्वास्थ्य चौकी ईञ्चार्ज प्रेम विकले जानकारी दिनु भयो ।
यस्तै वडा नं. ५ लुंग्रामा भने जनसंख्याको अनुपातमा धेरैले सेवा लिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा ५ हजार १ सय १६ जनाले सेवा लिएको मा आर्थिक बर्ष २०७५÷०७६ मा विरामी संख्या बढेर ६ हजार ६ सय ५९ जनाले सेवा लिएको स्वास्थ्य चौकी इञ्चार्ज नृप कठायतले जानकारी दिनु भयो ।
वडा नं. ६ दुनी स्वास्थ्य चौकीमा आर्थिक बर्ष २०७४÷०७५ मा ३ हजार ८ सय ८१ जनाले सेवा लिएको मा आर्थिक बर्ष २०७५÷०७६ मा विरामी संख्या घटेर ३ हजार १ सय ९९ जनाले सेवा लिएको स्वास्थ्य चाकीले जनाएको छ । यस्तै वडा नं. ७ मार्कुको जनसंख्याको हिसाव विरामीको संख्या उच्च रहेको देखिन्छ ।
आर्थिक बर्ष २०७४÷०७५ मा ३ हजार ९ सय ९ जनाले सेवा लिएकोमा आर्थिक बर्ष २०७५÷०७६ मा विरामी संख्या घटेर ३ हजार ५ सय ९३ जना विरामीले सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्याङक रहेको छ । समग्रमा गाउँपालिकाको स्वास्थ्य संस्थाबाट विरामीको संख्या उच्च रहेको स्वास्थ्य शाखा सह संयोजक कमल साउदले जानकारी दिनु भयो ।
स्वास्थ्य संस्थाको तथ्याङ्क अनुसार सरुवा रोग भन्दा नसर्ने रोगका विरामीको संख्यामा बृद्धि भएको स्वास्थ्य शाखा सह संयोजक कमल साउदले जानकारी दिनु भयो । स्वास्थ्य संस्थामा मुख्य गरी मधुमेह, उच्च रक्तचाप, दम, वालवालिकामा निमोनिया रोगका साथै मौसमी रुगाखोकी, ज्वरो, सामान्य झाडा पखाला रोगका विरामी आउने गरेको सह संयोजक साँउदले जानकारी दिनु भयो ।
खानपान, मौसम परिवर्तन, ब्यक्तिगत तथा समुदायमा सरसफाई, कमी र असुद्ध खानेपानीका कारण विरामीको संख्यामा बृद्धि भईरहेको स्वास्थ्य सह संयोजक साउदको भनाई रहेको छ । सरुवा तथा नसर्ने रोगबाट बच्न खानपानका साथै सरसफाईमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई रहेको छ । खानाखानु भन्दा अघि, चर्पि गए पछी तथा फोहोर छोए पछी मिचिमिचि सावुन पानीले हात धुन गाउँपालिका वासिमा सह–संयोजक साउदले आग्रह गर्नु भयो ।
गाउँपालिकालाई सफा सुदग्घर बनाउन निती पारित गरि एक घर एक धाराको अवधारणा लाई सकेको छ । हाल एक घर एक धारो कार्यक्रम चौरपाटी गाउँपालिकाको कार्यलय आशपासका टोल र वडा न.ं ४ को मदनेमा लागु गरि सकेकोे छ । गाउँपालिकामा ५ स्वास्थ्य केन्द्र एक प्राथमिक केन्द्र रहेको गाउँपालिकाले जनाएको छ ।