अछाम / चौरपाटी गाउँपालिकामा २० बर्ष उमेर नपुग्दै गर्भवती हुने यूवतीको संख्या ११० भेटियको छ । आर्थिक बर्ष २०७५÷०७६ को स्वास्थ्य संस्थाको तथ्याङ्क अनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० बर्ष उमेर नपुग्दै गर्भवती हुने संख्या रहेको छ ।
एक बर्षको अवधिमा वडा नं. १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ जना गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क रहेको छ । यस्तै वडा नं. २ र ३ स्थित सोकट स्वास्थ्य चौकीबाट १२९ गर्भवती मध्ये ३९ जना, वडा नं. ४ पायल स्वास्थ्य चौकीमा ६४ गर्भवती मध्ये ११ जना उमेर नपुग्दै गर्भवती रहेको तथ्याङ्क रहेको छ ।
उता वडा नं. ५ लुंग्रा स्वास्थ्य चौकीमा भने २० जना गर्भवती मध्ये एक जना मात्र उमेर नपुग्दै वच्चा पाउनेको तथ्याङ्क रहेको स्वास्थ्य चौकीले जनाएको छ ।
यस्तै वडा नं.६ दुनीमा ६१ जना गर्भवती मध्ये १३ जना र वडा नं. ७ मार्कु स्वास्थ्य चौकीमा २० जना गर्भवती मध्ये ५ जना उमेर नपुग्दै बच्चा पाएकोे स्वास्थ्य चौकी/////// तथ्याङमा उल्लेख रहेको छ ।
एक बर्षको अवधीमा गाउँपालिकाका ५ स्वास्थ्य चौकी र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार ४ सय ६१ गर्भवती मध्ये ११० जना महिलाले उमेर नपुग्दै बच्चा पाएको तथ्याङ्क रहेको छ । साथै स्वास्थ्य संस्थाको पहुँचमा नआइ गर्भवती हुने र सुत्केरी गराउनेको तथ्यांक स्वास्थ्य संस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छैन ।