अछाम । साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवर ले वडा नं ११ देविस्थानको भिर्कुमा भाद्र २ गते च्यट्याङ लागेर ज्यान गुमाएका बज्जिर बोहराकी श्रीमती मञ्जु बोहरा लाई २५ हजार आर्थिक सहयोग गरेका छन् ।
मृतक बोहराको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले विपद आउने समय निश्चित नहुने भएकाले विपदबाट जोगीन र जोगाउन समुदाय स्वयम सचेत हुन पर्नेमा जोड दिए ।
नगर प्रमुख कुँवरले मृतक बोहराकी श्रीमती मञ्जु बोहराले ब्यवसाय गर्न चाहे नगरपालिकाले ब्यवसाय गर्न आर्थिक सहयोग गर्ने समेत बताएक छन् । नगर प्रमुख कुँवरले मृतक बोहरा प्रति श्रद्धाञ्जली दिदै परिवारजनमा समवेदना समेत दिएका थिए ।