डोटी। डोटीमा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ।
सुक्रबार जिल्ला सदरमुकाम सिलगढी टुडिखेलमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा प्रदर्शन गरिएको हो। नेपाली सेना ,रुद्रध्वज गण ब्यारेकले आगो नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन गरेको थियो ।
सामुदायिक बिकास केन्द्र डोटीले ह्याबि कियर लिप्ट प्याक देखायको थियो जिल्लामा भुकम्प बाढिपहिरो आगलागीका वन डढेलोका घटना घट्नसक्ने भएकाले नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको रेडक्रस डोटी साखाका पुर्ब मन्त्री तथा सुदुर पश्चिम प्रदेश महासचिव देवबहादुर बोहराले जानकारी दिनुभएको। यो समयमा घट्नसक्ने आगलागी जस्ता विपद्लाई सहजरुपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको दिपायल सिलगढी नगरपालिका का कार्यभार प्रमुख सन्तोस बोहरा ले वताउनु भयो।
टुडिखेलमा देखाएको घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने?, पीडितको पुर्नस्थापना कसरी गराउने?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो। रिहर्सलपछि दिपायल सिलगढी नगरपालिकाका कार्यभार नगरप्रमु बोहराले विपद् बाजाबजाएर नआउने उल्लेख गर्दै प्राकृतिक प्रकोपलाई सुझबुझपूर्ण तरिकाले समाधान गर्न पर्याप्त पूर्व तैयारी हुनुपर्ने बताए।
विपद् न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अबसरमा जिल्ला विपद् व्यवस्थापन समिति समन्वय तथा दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा नेपाली सेना रुद्रध्वज गण, ब्यारेग र सुरक्षा निकायका प्रतिनिधि पत्रकार सहभागी थिए।