काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कोरोना लगायतका कारण विभिन्न क्षेत्रबाट आउने १५ लाख श्रमशक्तिलाई कृषि क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएके छ । समृद्धिका लागि कृषि क्षेत्रको उत्थान गर्न सरकार र नागरिक सबैको नयाँ सोचाइ हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको वेब सेमिनारमा मन्त्री भूसालले सरकारको नीति तथा कार्यक्रममा श्रमिकलाई रोजगारी दिनेसंगै ३० प्रतिशत बाँझो जग्गामा खेती गर्ने कार्यक्रम ल्याएकाले नीजि क्षेत्रलाई लगानीको अवसर रहेको बताउनभएको छ । मन्त्री भुसालले विगतका अवस्थामा सुधार गरी कृषिमा बजेट बढाइने बताउनुभयो । ‘कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको अनि ६० प्रतिशत जनसंख्या आवद्ध भएको कृषि क्षेत्रलाई दुई प्रतिशत जति बजेट छुट्याएर मात्रै पुग्नेवाला छैन’, भुसालले भन्नुभयो ।