कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ ओटै स्थानीय तहमा नमूना व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ।
प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो। प्रत्येक स्थानीय तहका एक वडा अथवा गाउँ छनोट गरी कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले जानकारी दिएका छन् ।
कार्यक्रमलाई परिणामुखी बनाउन छनोट हुने गाउँ वा वडास्तरमा स्थानीयस्तरको सञ्चालक समिति गठन गर्न लागिएको जनाइएको छ । कृषि तथा पशुपक्षीको उत्पादनमा जोड दिई व्यवसायीकरण गर्दै रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने, कृषि पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर बन्ने सो कार्यक्रमको उद्देश्य रहेको छ ।
मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम अन्तर्गत छनोट हुने हरेक स्थानीय तहको एक गाउँ अथवा वडालाई कृषि उत्पादन र व्यवसायको नमूना गाउँको रुपमा विकास गरिने लक्ष्य राखिएको प्रवक्ता शर्माले का छन् ।
कृषि बाली वा पशुपक्षीमध्ये कुन कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवाला सबैसँग मन्त्रालयले समन्वय गरिरहेको छ समेत प्रवक्ता शर्माले बताए । प्रदेश सरकारको प्राथमिकतामा परेको सो कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्ष २०७६/२०७७ का लागि प्रदेश सरकार ले ४४ करोड बजेट विनियोजन गरेको छ।
कृषि विकासको नमूना गाउँका रुपमा विकास भएपछि बिस्तारै अन्य गाउँ वा वडामा समेत विस्तार गर्ने लक्ष्य यस कार्यक्रमको योजना छ । गरीब एवं विपन्न समुदायलाई लक्षित गरी चालू आर्थिक वर्ष २०७६/२०७७ मा प्रदेश सरकारले ‘मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम’ सञ्चालनका लागि गरिबीको रेखामुनी रहेका नागरिक को लगत लिने काम अघि बढाइएको छ ।
उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले लगत सङ्कलनका लागि ८८ स्थानीय तहलाई पत्र पठाइ सकेको प्रवक्ता शर्माले बताए ।