डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले देशलाई समृद्ध बनाउन लागि सहकारीको भूमिका महत्वूर्ण रहने बताइएकी छन्।
उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन्। शनिबार डडेल्धुराको अमरगढी नगरपालिका ५ बागबजारमा रहेको शुभलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा बताइन्।
प्रदेश सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै उनले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताइन्। सहकारीलाई उत्पादनतर्फ जोड्नको लागि तीनै तहका सहकारले समन्वय गरेर अघि बढ्नु पर्ने उनको भनाइ थियो। ‘हाम्रो प्रदेशमा २३ सयभन्दा बढी सहकारी छन्। यी सहकारीलाई हामीले कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा तीनै सरकारले समन्वय गरेर अघि बढ्नु जरूरी छ’ उनले भनिन्।
सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने
मन्त्री चौधरीले सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारी संस्थाहरूले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताइन्। उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्नेतर्फ सहकारीलाई लाग्न उनको सुझाव थियो।
पछिल्लो समय गाउँ-गाउँमा सहकारीहरू खुल्ने क्रम बढेको उल्लेख गर्दै मन्त्री चौधरीले पछाडि परेका व्यक्तिलाई सहकारीले एक ढिक्का बनाउन सफल भएको बताइन्। साथै सहरकारीले छरिएर रहेको पुँजीलाई समेत एकीकृत रहेको उनको भनाइ थियो। ‘हामीले गाउँगाउँमा सहकारी खोल्यौं। सहकारीले पछाडि परेका व्यक्तिलाई एक ढिक्का बनाएको छ’ उनले भनिन्,‘सहकारीले छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरेको छ।’
सहकारीले बचत गर्ने बानीको विकास
‘महाजन’ प्रथाको अन्त्य गर्नको लागि नै सहकारी संस्थाको जन्म भइएको उनको दाबी छ। विगत कुनै काम वा कारोबार गर्नको लागि ठूलाबडा महाजनको घरमा जाुनपर्ने बाध्यता रहेको सुनाउँदै उनले नागरिक अहिले सहकारीमा बचत गरेर आफैँ कारोबार तथा व्यापारव्यवसाय गर्न सक्षम भएको बताइन्। सहकारीले आम नागरिकहरूलाई बचत गर्ने बानीको विकास समेत गरेको उनको भनाइ थियो। केही सहकारी संस्थाहरूले लक्ष्य विपरित काम गरिरहेको समेत उनले बताइन्। केही सहकारीले कृषि सहकारी भनेर कृषि क्षेत्रमा कामै नगरेर बचत मात्रै गरिहेको आरोप थियो। कृषि सहकारीले कृषि क्षेत्रमा पनि लगानी गर्नुपर्ने उनले बताइन्।
सरकारको विशेष प्राथमिकतामा सहकारी
प्रदेश सरकारले पनि सहकारीलाई विषेश प्राथमिकतामा राखेको उनले बताइन्। ‘हाम्रो मन्त्रालयले सहकारीलाई विषेश प्राथमिकतामा राखेको छ’ उनले भनिन्।उनले कृषिमार्फत आत्मनिर्भर हुनपर्ने बेला आएको समेत बताइन्। विगतमा परम्परागत कृषि प्रणाली अपनाउँदा केही उपलब्धि नभएको उल्लेख गर्दै उनले अब नयाँ आधुनिक प्रविधिबाट कृषि गर्नुपर्नेमा जोड दिइन्। कृषिलाई आधुनिकीकरण गर्न सकें मात्रै कृषिमार्फत आत्मनिर्भर हुन सकिने उनको भनाइ थियो। ‘हाम्रा पुर्खाले परम्परागत कृषि गरें। त्यो प्रणालीबाट केही उपलब्धि भएन। हामी निर्भाहमुखी कृषि गरिहेका छौँ’ उनले भनिन्,‘अब हामीले आत्मनिर्भर हुनुपर्छ। कृषिलाई व्यवसायी बनाउनुपर्छ। त्यसपछि मात्रै हामी कृषिमार्फत आत्मनिर्भर हुन्छौँ।' पछिल्लो समय जताततै सहकारी संस्थाहरू खुलेको उल्लेख गर्दै उनले अब सहकारीहरू खोल्नुभन्दा पनि संचालनमा रहेका सहकारीलाई उत्पादन क्षेत्रमा लगाउनुपर्ने उनले बताइन्। सहकारी संस्थाहरू मर्ज गरेर जाुनपर्ने नीति प्रदेश सरकारले ल्याएको उनले जानकारी दिइन्। सहकारी मार्फत उद्योग धन्दाहरू खोल्न चाहेमा प्रदेश सरकारले त्यसमा लगानी गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरिन्। सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति कुन्ति जोशीले सहरकारीका नाममा केही ‘झोले सहकारी’हरू समेत रहेको बनाइन्। अनुदान लिनका लागि मात्रै संचालनमा रहेको झोले सहकारीलाई अन्य सहकारीले खबरदारी गर्नका लागि सक्रियता देखाउनपर्ने उनको भनाइ थियो।
५ करोड ६८ लाख ५१ हजारको कारोबार
शुभलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ मा ५ करोड ६८ लाख ५१ हजार ५ सय ७४ को कारोवार सार्वजनिक गरेको छ। संस्थाको पाँचौं वार्षिक साधारणसभामा संस्थाले आफ्नो आर्थिक वर्ष २०७५/०७६मा भएको कारोबार सावर्जनिक गरेको हो।
ऋण लगानी एक करोड ९४ लाख ७० हजार गरिएको सहकारीका प्रवन्धक लोकेन्द्र ओझाले जानकारी दिए। ओझाका अनुसार बचत फिर्ता ३ करोड ६१ लख ८१ हजार ६ यस ८९ भएको छ भने बचतमा ६ देखि १२ प्रतिशत र कर्जामा १२ देखि १६ प्रतिशत सहकारी नियम अनुसार ६ प्रतिशत फरक राखी बचत तथा ऋणको कारोबार गरिएको छ।
यस्तै संस्थाले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा प्रतिकित्ता एक हजारका दरले १० कित्ता शेयर दशहजार शेयर खरिद गरेको छ। यस वर्ष ३ करोड ५० लाख दैनिक बचत संकलनबाट रकम जम्मा गरिनेछ। ३ करोड लगानी गर्ने लक्ष्य राखिएको छ भने कुल आम्दानी करीब २५ लाख पुर्याउने लक्ष्य लिइएको सहकारीका प्रबन्धक ओझाले बताए।
साधारण सभाबाट प्रति शेयर सदस्य ५०० का दरले ३०० जनाबाट रु १ लाख ५० हजारका दरले दैनिक रकम यस वर्षमा संकलन गर्ने, सदस्य संख्या २००० जना पुर्याउने, ५ हजार कित्ताप्रति कित्ता एक सयका दरले ५ लाख यस वर्ष शेयर रकम थप गरी जम्मा ४० लाख कुल शेयर पुँजी पुर्याउने लगायतका कार्ययोजना पारित गरिएको छ। thahakhabar.com बाट