सुदूरपशिचम प्रदेशमा नेपाल सरकारले गरेको लकडाउनले जनताको जनजिवन कष्टपुर्ण भइरहेका समयमा मंगलबार आरवि एग्रो पोल्टी फर्म प्रालि कृष्णपुर ८ विचुवाका सञ्चालक रविन्द्र खड्काले सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र हेल्प फर ह्याप्पिनेस टिम सुदुरपश्चिमको सहकार्यमा सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाको संकामा अस्पतालको क्वारेन्टाइन,आइसोलेसनमा बसेका तथा अन्य बिपन्न बिरामीको लागि १४ क्रेट अण्डा अस्पताल लाई हस्तान्तरण गरेको छ । त्यस्तै युवा व्यवसायी खड्काले आजै दृस्टी फाउन्डेसन धनगढीमा रहेका असहाय तथा मनोरोगिहरुलाई पनि ७ क्रेट अण्डा दिएका छन्।
भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले कोरोना भाईरसको संक्रमण हुन नदिन र रोग सङ्ग लड्न रोग प्रतिरोधात्मक क्षमता महत्वपूर्ण हुने हुँदा प्रोटिन जन्य पदार्थहरुको उपभोग गर्नु अनिवार्य रहेको बताएका छन् । उनले दूध अण्डा माछा,मासु,साग पात गेडा गुडिको सेवन कम हुँदै गईरहेको अवस्थामा सुरक्षा र स्वस्थताका सबै उपाय अपनाउन र उपभोग बढाउनु पर्ने बताए । वरिष्ठ पशु विकास अधिकृत डा. अवस्थीले बिश्वव्यापी कोरोना भाईरसको संक्रमण फैलिएपछि कुखुराको मासु तथा अण्डा प्रयोगमा कमि आएको भएपनि पशुपन्क्षी बाट कोरोना सर्छ भन्ने पुष्टि भईनसकेको हुदा राम्ररी पकाएर अण्डा मासु खाँदा जोखिम नहुने र उक्त खानेकुराहरुले झन रोग प्रतिरोधात्मक क्षमता बढाउने बताए।