विश्व अहिले (कोभिड-१९)को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । चिनबाट सुरु भएको यो महामारी अहिले विश्वव्यापीबन्दैछ । यो संक्रमण छोटो समयमै तीव्र रुपमा फैलिरेहको वर्तमानअवस्थामाहाल नेपालमा समेत यसको प्रभावन्युन रहेपनि सम्भावितभयावह स्थीतिलाई रोक्न निकै ठुलो चुनौती खडा भईसकेको छ । अझभन्नुपर्दा यसको पुर्वतयारीमानिकै ढिलो भईसकेको छ र रोकथामकालागिहामी सवैले आ–आफ्नो क्षेत्रवाट सक्रियता देखाउनु आवश्यक छ ।
नेपालमा २०१३ साल चैत्र २० गते चितवनको बखान सहकारी स्थापनागरिएको दिनको सम्झनामा सहकारी दिवस मनाइदै आएको छ ।हाल नेपालमाकरिव ३५ हजार सहकारी संस्थाहरु स्थापित रहेका छन् । ६५ लाख सदस्यहरु सहकारी अभियानमा आवद्ध रहेको छ । नेपालको कुलगर्हस्थ उत्पादनमा (जीडीपी) माकरिव ५ प्रतिशत । वित्तीय क्षेत्रमाकरिव २५ प्रतिशत सहकारीको योगदान रहेको छ ।विगतकावर्षहरु जस्तै यस वर्ष पनि“मर्यादितश्रम र पर्यटनका लागि सहकारी” भन्ने थिम सहित ६३ औै राष्ट्रिय सहकारी दिवस विभिन्नकार्यक्रम गरी देश भर भव्यताका साथमनाउने पुर्व तयारी थियो । तर, विश्वमहामरी कोरोना ले गर्दा हरेको वर्ष जस्तो कुनै औपचारीक कार्यक्रमहरु यो वर्ष मनाउनपाइएन, राष्ट्रिय सहकारी महासंघले पनिकुनै भेला सम्मेलन गरी सहकारी दिवस नमनाउनभनेको छ । साथै कोभिड १९ विरुद्धको सरकारको अभियानमा सहयोग गरेर यस पटक सहकारी दिवस मनाउनकालागिआग्रह गरेको छ ।
यसै सन्दर्भमा,सहकारीको विभिन्न सिद्धान्तहरु मध्ये“समुदायप्रतिचासो” ले भने जस्तै सहकारीहरु, सहकारी सञ्चालकहरु तथा सहकारीकर्मीहरुले निकै सक्रियताका साथआफुलाई प्रस्तुतगर्नुपर्ने समय आएको छ ।समुदायका सदस्यहरुको संलग्नताविनाकुनैपनि क्षेत्रको विकास सम्भव नहुने भएकोले सहकारी संस्थाले समुदायका ेआर्थिक तथा मानवीय विकासमा सहभागिता हुनु अघि स्वास्थ्यनिकै महत्वपूर्ण रहेको कुरावर्तमानअवस्थाले सचेत गराएको छ । सहकारी संस्था समाजमै स्थापनाहुने सामाजिक संस्थाभएकोले आफ्नो समाजभित्र रहेका समुदायका सदस्यहरुको लागि सामाजिकउत्तरदायित्ववहनगर्न तत्पर रहनु पनिअहिलेको आवश्यकताहो । स्थानीयपूँजीको विकास तथागरिव विपन्न वर्गमा वित्तीय कारोवारलाई सहजता प्रदान गर्नका लागि उच्च सजकताका साथ विपन्न समुदायको सहयोगीको भुमिका खेल्न सहकारी हरम्भव तयार रहनुपर्ने देखिन्छ ।
भनिन्छ “जीउदाको जन्ती रमर्दाको मलामी”यति वेला ग्रामिण भेगहरुमा विपद पर्दाको साथीका ेरुपमासा मुदायिक उत्तरदायित्व वहन गर्न सहकारीले महत्वपूर्ण भुमिका खेल्नैपर्ने देखिन्छ ।ग्रामिण भेगका सहकारीले यस्तो असहज परिस्थीतिका बाबजुत पनि केही अत्यावसेक कुराहरु जस्तै ग्रामिण क्षेत्रमावित्तीय कारेवारमा सहजता, विप्रेषण सेवा, अवनत्वको भावना, सुन्दा सामान्यलागेपनि सुचना प्रवाहको लागि रिर्चाज कार्ड, विपद जोखिम न्यूनिकरण राहत कोष, कोरोना संक्रमण वाट बचाउन सचेतनामुलककार्यक्रम, स्वास्थ्य सामाग्रीहरु, दैनिकखाद्यान्नको व्यवस्थापनगर्नुपर्ने देखिन्छ । सहकारीका सञ्चालक समितिको पटक पटक बैठक वसी स्वास्थ्य अवस्थाको समिक्षात्मक छलफल सहित महामारी उद्धार तथा सम्पर्क समिति गठन गरी परिचालनगर्नु जरुरी छ ।
कोरोना कहरले गर्दा घरघरमाथुनिएर बसेको अवस्थामा घरदैलोमै सेवागर्नको लागि सुफथ मुल्य पसल सञ्चालन, कोरोना रोकथामको लागि स्वास्थ्य सामाग्रीहरु वितरण, समुह परिचालन र सचेतीकरण,सहकारी एम्वुलेन्स सेवा,विपन्न परिवारलाई गर्न सकिने राहात सामाग्रीहरु, सरसफाई सामग्रीहरुतथास्टेचर व्यवस्थापन, स्थानियप्रहरी तथा सरकारी तथा गैर सरकारी संस्थाहरु सँग सामुहिक सहकार्य, समन्वय र सहयोग, एस एम एस सेवा, सचेतीकरणका लागि माईकिङ्ग,रेडियो तथा एफहरुमा स्थानिय भाषामा सुचना मुलक र सचेतना मुलक सन्देशहरु सम्प्रेषण गर्न सहकारीले अग्रसर हुनुपर्ने देखिन्छ ।अहिले धेरै जसो व्यक्तीहरु विदेश तथाशहरहरुबाट गाउँ केन्द्रितभएको अवस्थामा शहरी ईलाकामा भन्दा गाउमा अझै विकराल हुन सक्ने अवस्थाबाट जोगाउन ग्रामिण सहकारीको झनै ठूलो भुमिका खेल्नुपर्ने देखिन्छ ।
त्यसैले राज्यले तेश्रो खम्वाको रुपमालिएको सहकारी क्षेत्रले यति वेला भरमजदुर मेहनतगर्नु जरुरी छ । कोरोना महामारीले विश्व अर्थतन्त्र जस्तै नेपालको अर्थतन्त्रलाई निकै कमजोर वनाउनेमा सहजै अनुमानगर्न सकिन्छ ।यस्तो अवस्थामा“प्रत्येक सवैको लागि, सवै प्रत्येकको लागि”तथा“वसुधैव कुटुम्बकम्” भन्ने सहकारीको मुलमर्म अनुसार यति वेला सरकारको समय समयमा आउने सुचना तथा सन्देशहरु ग्रामिण विपन्न क्षेत्रमा रहेका समुदाय सम्मनिरन्तर रुपमाप्रवाहगर्ने र उच्चा शर्तकता अपनाउन सहकारी संस्थाले आफ्ना सदस्यहरुको मात्रनभई गैर सदस्य र समुदायको पनि हेरचाहगर्नु जरुरी देखिन्छ ।