विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम गर्न सरकारले लकडाउन गरेका आज ११औ दिन हो । लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुमा भने विहान वेलुका छाक र्टान गाह्रो भईरहेको छ ।
आज शुक्रवार नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेश प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र हेल्प फर ह्याप्पिनेस टिम सुदूरपश्चिको सहकार्यमा मानव सेवा आश्रम ,आमाको माया छात्रावास र दृष्टि फाउन्डेशन धनगढीमा दुध दिएर सहयोग गरेको छ । नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशले मानव सेवा आश्रम लाई ३५ लिटर ,आमाको माया छात्रवासमा ६ लिटर र दृस्टी फाउन्डेसन धनगढी लाई २५ लिटर दुध नि:शुल्क उपलब्ध गराएको डेरी एसोसिएसनका प्रदेश अध्यक्ष कर्ण बहादुर हमालले बताएका छन् । अध्यक्ष हमालले दुध सडकमा पोखेर विरोध गर्नू भन्दा यस्तो महामारीको समयमा अनाथ,असाय र अशक्तहरुलाई सहयोग गर्न सबैमा अनुरोध गरे । हमालले गरिब असहाय र बिरामी लाई कुपोषण तथा रोग प्रतिरोधात्मक क्षमता बढोस र लकडाउनको समयमा किसानलाई बजारीकरण गर्न अप्ठ्यारो भएको अवस्थामा केही राहत पुगोस भन्ने उदेश्यले विभिन्न ठाउँका किसानहरु बाट संकलन गरि नि:शुल्क दुध बितरण गरिएको बताए । अध्यक्ष हमालले दुधलाई पनि खाद्यान्नको अत्यावश्यक पदार्थको रुपमा सहज आपुर्ति गरि किसानलाई सहयोग परिदिन सरकारलाई अनुरोध गरे ।
दुधले कोभिड १९ भाइरसको संक्रमण हुन नदिन र रोग संग लड्न रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन दुध जन्य पदार्थहरुले ठुलो सहयोग गर्ने पशु विज्ञहरुको ठहर छ ।
दुध वितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वरिष्ठ पशु विकास अधिकृत डा.हेमराज अवस्थी ,हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिम संयोजक धनश्याम भण्डारी र धनगढी गौशालाका यस्पाल अवस्थीको पनि सहभागीता रहेको थियो ।