वित्तीय सेवाको व्यापक विस्तार हुने क्रममा समुदायमा विभिन्न प्रकारका वित्तिय संस्थाको उपस्थिति बढ्ने क्रम निरन्तर जारी छ । नयाँ नयाँ प्रकृतिका सेवाहरु प्रतिस्पर्धात्मक ढंगले उपलब्ध गराउने तरिकाले आफ्ना गतिविधि हरु अगाडी बढाई राखेका छन त्यसको तुलनामा अति विपन्न समुदायमा सदश्यकै सक्रियतामा विसुद्ध रुपमा समुदायको सेवा होस भन्ने हेतुले स्थापित ग्रामिण भेगका सहकारी संस्थालाई भने प्रतिस्पर्धा गर्न निकै नै चुनौती भएको छ । एक त यिनिहरु संग पर्याप्त मात्रामा लगानी गर्ने पुजिको अभाव छ अर्को उनिहरु संग वर्तमान अवस्थाका सदश्यहरुको माग र चाहना वमोजिम सेवा विस्तार गर्ने ज्ञान, प्रविधि, सिप र क्षमताको कमि रहेको देखीन्छ जसले गर्दा स्थापनाको थुप्रै स्थापना दिवस मनाउदा पनि तुलनात्मक रुपमा अपेक्षित सफलता हाँसिल गर्न सकेको देखिदैन । जसको प्रमुखकारण सदश्यहरुको वदलिदो परिस्थतिको चाहना र आवश्यकता लाई र आफ्नो संस्थागत क्षमता को तथ्याङ्क परक ढंगले विश्लेशण गरी दिर्घकालीन व्यवसायीक योजना वनाएर कार्यान्ययनमा ल्याउन नसक्नु नै हो ।
सहकारी संस्थाको व्यवसायीक योजनाले सहकारी संस्थाको वर्तमान अवस्थाको बजार, संचालन क्षमता, सदश्यहरुका चाहना तथा आवश्यकता, वित्तिय माग, वित्तिय विश्लेषण, सरकारी निति तथा कानुन, स्थानिय निकायको सहकारी प्रतिको धारणा तथा सहकारी विकास का लागी विनियोजीत योजना हरुको यथार्त परक र तथ्याङ्क परक ढंगले चिरफार गरी त्यसका सकारात्मक पक्षले भविश्यमा पार्ने प्रभाव समेत लाइ विश्लेण गरी सहकारी संस्थाको परिकल्पना, ध्येय र उद्येश्य प्राप्तिको लागी श्रृखलावद्ध रुपमा क्रियाव्ययनका चरण पहिल्याइ ठोस रुपले कार्यलाई अगाडी वढाउन दिशा निर्देश गर्दछ ।
व्यावसायीक योजना जुनसुकै व्यवसायका लागी पनि एकदमै महत्व राख्दछ । यो व्यवसायको ऐना हो जसमा योजना गरीएको व्यवसाय कस्तो छ भन्ने कुरा छर्लङ्ग संग देख्न सकिन्छ । कुनै पनि व्यवसाय स्थापना गरि संचालन गर्नका लागी आवश्यका सम्पुर्ण पक्षहरु जस्तै वजार, उत्पादन, खर्च, पुजि र व्यवसायवाट हुन सक्ने नाफा नोक्सान आदि सम्वन्धि सम्पुर्ण पक्षहरु वारे गरिने योजना लाई नै व्यावसायीक योजना भनिन्छ । त्यसैले व्यावसायीक योजनामा कुन वस्तु वा सेवा उत्पादन गर्ने हो ? त्यस्को गुणस्तर कस्तो छ र कति मुल्य पर्दछ ? वजार क्षेत्र कहां हो र वजारको माग कस्तो छ ? कति परिमाणमा उत्पादन गर्र्ने हो ? के कति र कस्ता मेसिन औजारको आवश्यक्ता पर्दछ ? के कति र कस्ता किसिमका कच्चा पदार्थको आवश्यक्ता पर्दछ र ति सधै सजिलै पाईन्छन कि पाईदैनन ? के कस्ता दक्षताका कति कामदार चाहिन्छन ? अन्य खर्चहरु के कति लाग्दछ ? कति पुजि लगाउनु पर्दछ र पुजि कुन श्रोत वाट कसरी जुटाउने ? र व्यवसायवाट कति मुनाफा होला ? यि यस्ता सम्पुर्ण विषय वस्तुको जानकारी भएपश्चात एउटा व्यवसायी ले व्यवसायी ले व्यवसायको संचालन गर्नको लागी सहि निर्णय लिन सघाउ पुग्छ ।
सहकारी संस्थामा व्यवसायीक योजनाले भविश्यको निश्चित अवधिमा कति भौगोलीक कार्यक्षेत्रका कति जना सदश्यहरु समेट्न सकिन्छ, उनिहरुलाई कस्ता कस्ता प्रकार का सेवाहरु उपलब्ध गराउन सकिन्छ सो सेवा विस्थार गर्न संचालक समिति, लेखा समिति, ऋण उप समिति, शिक्षा उप समिति, कर्मचारी हरुको के कस्तो क्षमता आवश्यक पर्दछ, के कस्तो प्रविधि तथा प्राविधिक सिपको खाँचो पर्दछ र सो को लागी संस्थामा कति आर्थिक सा्रेतको व्यभार पर्दछ र यो सवै प्रयासले वस्तु अथवा सेवाको विक्रीवितरण को बृद्धि भई संस्थाले कति नाफा आर्जन गर्न सक्दछ भन्ने हिसावकिताव लाई वैज्ञानिक ढंगले प्रश्तुत गर्दछ । यसले परिकल्पित समयावधिमा हुने नाफा, सम्पति, दाइत्व र अन्य वित्तिय सुचक को विस्तृत वित्तिय अनुमान गर्ने हँुदा यसले संस्थाको सफलतामा असर पार्ने तत्वहरु बुभ्न मद्दत गर्दछ । साथै वित्तिय वित्तिय सेवा तथा सुविधाका किसिमहरु निर्धारण गर्ने बेलामा यसले सदश्यको आवश्यकता र संस्थाको लाभ तर्फ विचार पुर्याँउदछ। जसले गर्दा संस्थाको मुनाफा वढ्दछ ।
सहकारी संस्थाको व्यवसायीक योजनाले सहकारी संस्थाभित्रका सम्पुर्ण अंग तथा संगठनहको भुमिका तथा जिम्मेवारीलाई समेत प्रष्ट्याउने हुदा व्यवस्थापन र संस्थापन पक्षलाई काममा जुटाई संस्थालाई कहाँ वाट कहाँ पुर्याउने विषयको प्रत्याभुति गरी कामको क्रमबद्ध श्रङखला निर्माण गरी यथा समयमा काम सम्पन्न गर्न सहयोग गरी कुन समयमा के र कति काम गर्ने भन्ने कुराको निस्चित गर्दछ । यसरी सम्पादन गरीएका कामहरुवाट वास्तविकतामा भएको प्रगतिको तुलना गरेर संस्थाको व् संस्थाको वास्तविक प्रगतिको मुल्याड्ढन गर्न समेत व्यवसायीक योजनाले टेवा पुर्याउँदछ र नतिजामा धेरै असर आयो भने योजना र कार्यान्ययनमा हुनसक्ने त्रुटी औल्याई सुधारको लागी अवसर समेत प्रदान गर्दछ ।
समग्रमा सहकारी संस्थाको व्यवसायीक योजना तथ्याङ्किय प्रक्षेपण मात्र नभई यो समग्र व्यवस्थापनको स्वचालीत व्यवस्थापन संयन्त्र पनि हो यसले संस्थाका सरोकारवाला, संस्थाको बोर्ड, कर्मचारी र सदश्यलाई संस्थामा पहुच बढाउन र नाफा बढाउन मद्दत गर्दछ ऋण दिने संस्था र दाताहरुसंग सम्झौता गर्न मद्दत गर्दछ । त्यस्तै अन्य बाहिरी व्यक्ति, आफ्ना शेयर सदश्य लाई विस्तृत सुचना प्रदान गर्दछ । व्यवसायीक योजनाले कार्य र बजेटको सीमा निर्धारण गरी वित्तिय अनुसासन, नियन्त्रण र स्वस्थताको आधारमा संस्थाको क्षमता अनुसार संस्थागत सुसासन, सुरक्षा र प्रभावकारी कार्य सम्पादनका आधारमा संस्थालाई सहि दिसामा अघि वढ्न मद्दत गर्दछ ।
Email: [email protected]