साना तथा मझौला किसिमको व्यवसायको सुरुवात गर्ने महिलाहरु या त आर्थिक रुपमा विपन्न समुदाय वाट हुन्छन या त निम्न मध्यम वर्गिय परिवार वाट हुन्छन, परिवारको यस्तो किसिमको आर्थिक संरचनालाई भविश्यको एउटा सवल आर्थिक अवस्था सहितको सुन्दर र समृद्ध परिवारको परिकल्पना गर्दै महिलाहरु व्यवसायका लागी अग्रसर हुन्छन, अझ धेरैजसो महिलाहरुका श्रीमान कामको सिलसिलामा बाहिर गएका हुन्छन । तर साना तथा मझौला ब्यवसायीका सुरुवाती अवस्था भने परिकल्पना गरे बमोजिम त्यति सहज भने रहदैनन् त्यसमा पनि महिला भएकै कारणले थुप्रै व्यवहारीक चुनौतीको सामना गर्नु परिरहेको हुन्छ ।
हाल ग्रामिण क्षेत्रका स्थानिय वजारकेन्द्रहरुमा साना तथा मझौला महिला व्यवसायीहरु प्रशस्त देख्न सकिन्छ, कोहि होटल व्यवसाय, कोहि चिया पसल, कोहि श्रृङ्गार तथा व्यूटीपार्लर, कोहि किराना पसल, कोहि तरकारी पसल त कोहि मकै पोलेर बेच्ने देखी पानि पुरी चटपटे बेच्ने सम्म थुपै्र साना तथा मझौला व्यवसायहरु देख्न सकिन्छ । साना तथा मझौला महिला व्यवसायीलाई सुरुवाती क्रममा आईपर्ने व्यवसायीक चुनौतीहरु त छदैछन त्यसको अलावा पारीवारीक जिम्मेवारीलाई समेत समायोजन गर्दै व्यवसायलाई निरन्तरता दिनु महिला भएकै कारण बाट आईपरेको एउटा ठुलो चुनौती हो ।
यी मध्ये गर्भावस्थामा तथा वालवालीका को स्याहार गर्दै व्यवसायलाई निरन्तरता दिनु निकै नै चुनौतीपुर्ण रहेको छ, गर्भावस्थामा आफ्नै पनि स्याहार सुसार तथा आराम एमदमै महत्वपुर्ण हुन्छ तसैमा व्यवसायको नियमित काम तथा आवश्यक सरसमानका लागी एताउता धाउनुपर्ने अवस्थाले चुनौती संगसंगै व्यवसायीक विरक्तता थप्ने काम गरीरहेको हुन्छ । त्यसैगरी वालवालीकाको स्याहार गर्नुपर्ने महिलाकाृ लागी व्यवसाय संगसंगै वालवालीका लाई स्तनपान गराउनुपर्ने, विद्यालय पठाउने, ल्याउने तथा समयमा खानपिनको व्यवस्था गर्नुले समेत महिला व्यवसायीलाई पिरोली रहेको हुन्छ, यतिमात्र होइन साना पँुजिवाट सुरु गरिएका व्यवसायले नियमित रुपमा थोकवजार पुगेर मालसमान ल्याउनु पर्ने हुन्छ पर्याप्त मात्रामा भण्डारण गरेर राख्ने पुँजि हुँदैन, व्यवसायको यो चरणमा यी यस्ता सम्पुर्ण कामहरु व्यवसायी स्वयंले गर्नुपर्ने हुन्छ । यस्ता प्रकारका व्यवहारीक कठिनाईलाई सहि ठंगले व्यवस्थापन गर्न सकेन भने व्यवसायमा नकारात्मक असर पर्न जान्छ भने उपयुक्त वातावरणको अभावमा वालवालीकाको पनि भविश्य नराम्रो वन्न सक्छ । वाहिर वाट हेर्दा व्यवसाय सामान्य तवरवाट चलिरहेको जस्तो देखीएतापनि एउटा महिला व्यवसायीले यस्ता थुपै्र व्यवहारीक चुनौतीको सामना गर्दै व्यवसाय संचालन गरीरहेका हुन्छन ।
माथि उल्लेखीत साना तथा मझौला महिला व्यवसायीले आफु निकट व्यवसायीक चुनौतीहरु बाहेक थुपै्र पारिवारीक चुनौती हरुको पनि सामना गर्नुपरिरहेको हुन्छ । ग्रामिण भेगीय अवधारणा अनुसार एउटा महिलाको पहिलो जिम्मेवारी भनेको घरायसी कामहरु जस्तै खाना पकाउने, लुगा धुने, वालवालीका तथा बृद्ध बृद्धाको स्याहार सुसार गर्ने, खेतीपाती गर्ने, वस्तुभाउ हेर्ने आदी रहेका हुन्छन, यि सबै कामहरु सकाएपछि मात्र उसले व्यवसाय तथा नगद आर्जनको काम गरेमा त्यसलाई सहज स्वीकार गर्ने गरिन्छ । हाल ग्रामिण क्षेत्रमा पनि महिलाप्रतिको सोचाइमा थोरै परिवर्तन त आएको छ त्यो के भने अहिलेका महिलाहरु अलिकति पढेलेखेका भएर उसले घरवाटै भ्याउने गरि अलिकति नगद आर्जको काम गरे हुन्थ्यो भन्ने त छ तर घरको सवैकाम भ्याएरमात्र । तर साना तथा मझौला किसिमका महिला व्यवसायीहरुलाई घरको सबैकाम भ्याएरमात्र व्यवसायमा जानु प्राय सम्भव हुदैन, साना तथा मझौला व्यवसायमा व्यवसायी स्वयंले १२–१४ घण्टा खट्नुपर्ने हुन्छ, त्यो सम्भव नभएपछि विस्तारै परिवार भित्रैवाट व्यवसायी महिला लाई निरुत्साहन गर्ने टिका टिप्पणी को सुरुवात परिवार भित्रैवाट सुरुहुन्छ त्यसमा प्राय घरभित्रकै महिलाहरु सक्रिय हुन्छन र व्यवसाय महिलाकोे निजि सम्पत्ति हो र यसले पारिवारीक अर्थतन्त्रमा केहि असर गर्दैन भन्ने भावनाको विकास हुनजान्छ जसले गर्दा न त व्यवसायनै फष्टाउन पाउँछ न त पारिवारीक मेलमिलाप नै कायम रहन्छ ।
विपन्न तथा निम्न मध्यम वर्गिय परिवारको दिगो तथा छिटो आर्थिक विकासका लागी महिलाले नगद आय आर्जन हुने किसिमको व्यवसाय तथा पेशामा संलग्न हुनै पर्दछ यसले पारीवारिक अर्थतन्त्रमा मात्रै होइन वालवालीकाको स्वास्थ्य तथा पोषण र महिला ससक्तिकरणमा तथा परीवारको स्थिर सम्पत्ति निर्माणमा समेत महत्वपुर्ण भुमिका खेल्नेकुरा विभिन्न अध्ययनले तथ्यपरक ढंगवाट प्रमाणित गरिसकेको छ । तर यसको लागी महिला भएकैकारण वाट निम्तिने व्यवहारीक समस्याहरु ठुलो वाधकको रुपमा प्रस्तुत हुने गरेका छन । यस्ता व्यवहारीक विषयवस्तुहरु लाई परिवारभित्रकै सामान्य सहकार्यवाट निराकरण गर्न सकिन्छ । परिवारका सदश्यहरुले व्यवसायी महिला लाई उत्पे्ररीत गर्दै हरेक समस्याको व्यवस्थापनमा सहयोग गर्नु पर्छ, एउटा महिला लाई सम्पुर्ण व्यवहारीक समस्यालाई पन्छाएर व्यवसाय गर्नु त्यति सहज नदेखीएपनि यदि पारिवारको उपयुक्त सहयोग पाईएको खण्डमा छिटै नै व्यवसायको बृद्धी विकास भई परीवार समृद्धी तर्फ अगाडी बढ्छ । धेरै जसो महिलाहरुमा व्यवसाय सुरुगर्ने तिव्र इच्छा तथा सकारात्मक सोच हुदाहुदै पनि महिला भएकैकारणले लिनुपर्ने भनिएका व्यवहारीक जिम्मेवारीको व्यवस्थापनमा पारिवारीक सहयोगको अभावहुदा आफ्नो जिवनको महत्वपुर्ण उर्जासील समयको सहि सदुपयोग गर्न सकिरहेका छैनन, जसले गर्दा परिवार एकजनाको कमाईमा मात्र निर्भर हुदा पारिवारीक आर्थिक अवस्था यथास्थितिमा चलिरहेको हुन्छ र परिवार संग भविश्यमा आइपर्ने ठुला आर्थिक तनावको सामना गर्ने योजना तथा क्षमता रहदैन ।
त्यसैले महिला उद्यमविकासको प्रवर्धनको क्षेत्रमा कार्यरथ सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरुले पनि यस्ता किसिमका महिला द्वारा संचालीत व्यवसायलाई प्रत्यक्ष असर गर्ने तर सतहमा नदेखीने सवालहरु समेत सम्वोधन हुने किसिमका कार्यक्रलाई स्थान दिन सकेमा महिलाहरु अझ वढी व्यवसाय तर्फ आकर्षित भई परिवारको उत्थानसिल क्षमतामा बृद्धि हुनुको साथै कुल ग्राह्रस्त उत्पादनमा समेत महत्वपुर्ण योगदान पुग्ने देखीन्छ ।
Email: [email protected]