कैलाली । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले अछामको बान्निगढी जयगढ गाउँपालिका ६ दर्नामा निर्माण गरिएको ८ कोठे भवनको उद्घाटन गरेका छन् ।
प्रदेश सरकारको ७० लाख बजेटमा तयार गरिएको ऐश्वर्य माध्यमिक विद्यालयको ८ कोठे भवनको मन्त्री बोहराले बुधवार उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै मन्त्री बोहराले समुन्नत समाज निर्माणमा लागि गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको बताए ।
उनले शिक्षाको सुधारका लागि प्रदेश सरकार बाट कुनै कसुर बाकी नराख्ने समेत प्रतिबद्धता जनाएका थिए ।