काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सुरू हुने भएको छ। आगामी जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ।
यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।