सिलगढी । निर्माण कम्पनीले गुस्तरियका साथसाथै समयमै काम सक्नु पर्ने सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । राजपुरको मटेलामा निजामती आवासीय बिद्यालयको भबनको शिलान्यास गर्र्दै मूख्यमन्त्री भट्टले उक्त कुरा बताएक हुन् ।
निर्माण कम्पनि हरुले जिल्लाको बिकासका लागी समयमै गुणस्तरिय काम गर्ने हो भने सरकारले आर्थिक आभाव हुननदिने मुख्यमन्त्री भट्टले बताएका हुन् ।
केठेदारले ठेक्कालिने र रकम अभाव देखाउदै समयमा काम सम्पन्न नगरेकोका कारण कम्युनिष्ट पार्टी नेतृत्वको सरकारको बद्नाम गर्ने खेलहरु भैरहेको मुख्यमन्त्री भट्टको आरोप छ ।
मुख्यमन्त्री भट्टले ठेकेदारलाई आफुले जिम्मा लिएको काम समयमै सके सरकारलाई भुक्तानी दिन कुनै झन्झट नहुने बताए । समयमा काम नसक्ने र रकम अभाव लगायत विभिन्न समस्या देखाएर समयमा काम पुरा नगर्ने ठेकदारलाई कार्वाहीका लागी सरकारले कदम चाल्न बाध्य हुने उनले बताए ।
मापदण्ड नपुर्याई निर्माण गरिएका पक्कि संरचना भत्किने हुनाले समयमा विचार प्र्याउनु पर्ने जिम्मा स्थिानीयको पनी भएकाले जनताले सचेत हुनुपर्ने मुख्यमन्त्री भट्ट बताए ।
सुदुर पशिच्म प्रदेस सरकारको २ करोड ३९ लाख ५६ हजार लागतमा ६ कोठे दुइ तले निजामती स्कुलको भवन पुस २०७६ मा सुरु गरी २०७८ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी रोयल कन्ट्कसन धनगढीले निर्माण गर्न लागिएको छ ।
निजामती कर्मचारी स्कुलका लागि १०० रोपनी जमिन खरिद गरेर भवन बनाउन थालिएको हो । नेपाल सरकारले सुरु गरेको देश भरीमा दुइ वटा बिध्यालय मध्य सुदुर पश्चिमको डोटीमा उक्त बिध्यालय रहेको छ ।