ठुला ठुला सपनाको डोको बोकेर !
आमाको मुटुको उपचार गर्ने,
श्रीमतिलाई सारी किन्ने,
छोरा छोरीलाई बोर्डिङ्ग पढाउने प्रण गरेर !
पैषाको रुख भयको ठाउ,
डोकोभरी पैषा ल्याउन बिदेस उडे !
आफ्नु घरमा खायको थाल नधुने म !
बिदेशमा !!
आफ्ना सपना साकार पार्न ,
हिलो हाल्ने, भाडा माझ्ने, गाई गोरु चराउने, चर्पी सफा गर्ने ,
जस्तो सुकै कार्य गर्न पनि तयार भय !!
साहुको रिन तिर्न नपाउदै,
बिदेसियको तीन महिना नबित्दै,
कोरानाले मेरो सारा सपना चक्नाचुर पारी दोयो !
नेपालमा के छ भन्दै,
जे छ बिदेसमा मात्रै छ भनेको ,
आज नेपाल आमाको पाप लगेको छ !
काम पनि छुट्यो !
के खाने, कता जाने , कता बस्ने,
अल पत्र छु !!
आज पस्तायको छु !
आफ्नै देस प्यारो लागि रहेको छ !
मेरि नेपाल आमा !!
मलाई कोराना विरुद्धको युद्ध जिताईदेउ !!
म अब बिदेस जाने छैन !
तमाम नेपाली दाजुभाई दिदिबहिनीहरु पनि बिदेशिने छैनन !
आफ्नै देसमा दस नङ्ग्रा खियाउने छ्न !
नेपालमै रगत पसिना उडाउने छन !
जब नैजवान सचेत युवा नेपालमै हुने छ्न !!
तब नेपालमै आलु फल्ने छ्न !
नेपालमै साग,तरकारी फल्नेछन !
भारतको बिशादी युक तरकारी खानु पर्ने छैन !
टन्न अन्न उत्पादन हुनेछ !
चिनको पलास्टिकको चामल आयोकी भनी डराउनु पर्ने छैन !
गाई, भैंसी पाल्ने छ्न !
रक्सिको सट्टा दूध, दहि, महि बेचिने छ्न !
स्वस्थ र सान्त समाझ निर्माण हुने छ्न !
बख्र, भेडा, बङ्गुर पालिने छ्न !
बिदेशी मासी नेपाल ल्यौनु पर्ने छैन !
कृषिमा कृन्ती हुनेछ !
कृषिमा आत्म निर्भर हुनेछ्न !
जब सचेत युवा स्वदेसमै हुने छ्न !
मासु, भात, दारु, र पैषामा भोट किनि चुनाव जित्ने भ्रष्टाचारी, स्वसक, सामन्तीको सपना चक्नाचुर हुने छन !
सक्षम जनप्रतिनिधि चुनिने छ्न !
भ्रष्टाचार, घुषखोरी, अनियमितता, ढिलासुस्ती, सबै अन्यय, अत्यचार, छुवाछूत, भेतभाव अन्त्य हुने छ्न !
त्यस पछि पश्चिम सेती कसो नबन्ला !
नेपाल झिलिमिली भैइ बिजुली कसो नबेचियला !
सडक पिच कसो नहोला !
सरकारी बिधालयमा कसो गुण स्तर नआला !
अस्पताल कसो नबन्ला !
बिकास निर्माण कसो नहिला!
रेल कसो नगुड्ला !
पानी जहाज कसो नआउला !
पर्यटन ब्यबसाय कसो नफस्टाउला !
नेपालीले यो कोराना सङ्ग युद्ध जित्ने छौ !
र साच्चिकै सुन्दर र समृद्धि नेपाल निर्माण गर्ने छौ !!
लेखक : अनेरास्ववियु डोटी (हाईकमाण्ड सदस्य) हुन्