कविता
समृद्ध देश निर्माण गर्ने लक्ष्य बोकेको म मा देशभक्ति भावको कमि छैन यहा ।
छ त केवल देशभक्ती भाव र विचार भएका मानिसको साथको कमि छ ।
देशका लागी भावहरु धेरै गुम्सिएका छन एहा बाहिर निकाल्न समय खराब छ।
सुन्न भन्दा हेर्न रुचाउने यो दुनियालाइ मेरो देशभक्ती भाव लेखमा के देखाउ मेरो अक्षर खराब छ।
समाज सेवाको नाममा मानिस तस्बिर खिचेर फेसबूकमा पोस्ट गर्न रुचाउछ।
त्यसैले त एउटा मानिसलाइ एक कोसा केरा राहत दिदा दर्जनौं मानिस हात समाइ फोटाे खिचाउछ ।
देशको लागी भावहरु धेरै गुम्सिएका छन एहा बाहिर निकाल्न समय खराब छ।
सुन्न भन्दा हेर्न रुचाउने यो दुनियालाइ मेरो देशभक्ति भाव लेखमा के देखाउ मेरो अक्षर खराब छ।
देशभक्ति को कुरा गर्यो भने दुनियाले पागल बनाउछन एहा ।
तेहि पागल बनाउने महापुरुषहरु अब गोर्खालिले खुकुरीमा धार लगाउनी बेला आयो भन्दै status लेख्छन यहा ।
फेसबुक बाट खुकुरिमा धार लगाएर हुनि भये सैनिकलाइ घरै बस्न भन सरकार ,किनकी हाम्रो लागी फेसबुके सैनिक तयार छ।
देशको भावहरु गुम्सिएका छन यहा बाहिर निकाल्न समये खराब छ।
सुन्न भन्दा हेर्न रुचाउने यो दुनियालाइ मेरो देशभक्ती भाव लेखमा के देखाउ मेरो अक्षर खराव छ ।
जनतालाइ बडो देशभक्ती देखाउनेको शक्तिशाली राष्ट्रको अगाडि देशभक्त फरार छ।
यहाका घुसपैठहरुलाइ धनी बनाएर गरिब जनतालाइ सिद्याउन शक्तिशाली रास्त्र तयार छ।
देशका भाक्तहरु गुम्सिएका छन एहा बाहिर निकाल्न समय खराब छ।
सुन्न भन्दा हेर्न रुचाउने यो दुनियालाइ मेरो देशभक्ति भाव,लेखमा के देखाउ मेरो अक्षर खराब छ ।
लेखक
उपेन्द्र बोहरा
प्रबन्ध निर्देशक भ्याली भेजिटेवल प्रा.लि
पाटन संयुक्त क्याम्पस