गजल
मिठो मुस्कान दिएर फेरी,किन बोलायौ तिमीले
पिरातिको मिठो सुवास मनभरि फैलायौ तिमीले
डढेलो थियो पहिले मनमा,अब त निभ्यो सोचेको थिए
मुटु भरि पिरतिको ज्वाला फेरि जलायौ तिमीले
आँधि हुरि धेरै छेके, मनका पहिरो कति देखेँ
मायामा नै उड्ने गरि कस्तो वतास चलायौ तिमीले
निधार सधै जोडेर, ओढौला पिरतिको धुम (छाया)
घाम पानी पनि नभन्ने कस्तो माया लगायौ तिमीले
“ओहो कस्तो उल्लु रहेछ” धेरैले नै भन्थे
पुरै होस उड्ने गरि सच्चिकै पागल बनायौ तिमीले
(डा. प्रमोद भट्ट डोटी जिल्ला अस्पतालमा कार्यरत छन्)