एजेन्सी । बलिउडको धमाकेदार फिल्म बाहुबलीका अभिनेता प्रभासको मुख्य भूमिकामा रहेको फिल्म साहो प्रदर्शनको नजिक छ ।
‘बाहुबली–२’ रिलिज भएको २ वर्षपछि साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभास सिल्वर स्क्रीनमा एक्शन थ्रिलर फिल्म ‘साहो’ मा खेअिने छन् ।
यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलिजमा हुनेछ ।
‘साहो’ नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलिज हुनेछ । यस्तै यो फिल्म तामिलनाडुमा करीब ५५० वटा स्क्रिनमा रिलिज हुनेछ ।
यस अघि ‘बाहुबली–२’ राज्यका ५२५ वटा स्क्रिनमा मात्र रिलिज भएको थियो ।
यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपैयाँ (भारु)मा बिक्री भएको छ । यसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ ।
राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपैयाँमा बिक्री भएको थियो ।
साहो बिग बजेटको फिल्म हो । करिब ३०० करोड भारुमा यो फिल्म निर्माण गरिएको निर्माट टिमले जानकारी दिएका छन् ।
यो फिल्मलाई आम दर्शकले निकै ब्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । फिल्म अगस्ट ३० मा रिलिज हुँदैछ । रिलिजपछि यस फिल्मले थुप्रै रेकर्ड कायम गर्ने अनुमान गरिएको छ ।