डोटी । जिल्लाको दिपायल लाग्ने महोत्सवको तयारी तिब्र पारिएको छ । योगदान राष्ट्रका लागि डोटीको आयोजनामा आउँदो चैत्र २ गते देखी १२ गतेसम्म दिपायलमा महोत्सव सञ्चालन हुने भएको छ ।
महोत्सब स्थलमा आवश्यक तयारी भैरहेको छ । यस्तै महोत्सबमा आउने स्थानिय तथा राष्ट्यि कलाकारहरुको टुङगो लागेर पोष्टर समेत सार्वजनिक गरिएको छ ।
“युग युग सम्म देखियोस् पल्टाउँदा इतिहासको पान, डोटीको कला संस्कृतिको संरक्षण गर्ने हाम्रो चाहाना” भन्ने मूल नारा बोकेर योगदान राष्ट्रका लागि डोटीले डोटी सांस्कृतिक मेला महोत्सव २०७८ को आयोजना गरिएको छ ।
सो संस्थाले पहिलो पटक दिपायलमा महोत्सवको आयोजना गर्न लागेको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ र सेती नदिमा ¥याप्टिङ गर्न सकिने योगदान राष्ट्रका लागि डोटीका अध्यक्ष दीपक खाति जानकारी दिए । महोत्सबमा १ सय रुपैया प्रवेश शुल्क तोकिएको छ ।