पढ्न सके स्नातक जीवन अझै पढ्न सकिन ।
समस्या संगै आउने समाधान अझै चिन्न सकिन ।।
सपनाहरू मात्रै बोकी हिडेको थिए सहर ।
त्यसैले त पाइला पाइलामा अझै रम्न सकिन ।।
धरहरा जस्तै संग संगै म पनि ढलेको हु यार ।
तर आज उठ्यो धरहरा म अझै उठ्न सकिन ।।
पसिना जल अनि कर्म नै पुजा सम्झे मैले ।
मेरेपछिका तिम्रा सालिक अझै पुज्न सकिन ।।
सत्य युगको म कलि युगकि पर्यौ तिमी ।
परिणाम जिउँदो इतिहास अझै बन्न सकिन ।।
(हर्क बोहरा रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा राजनितिशास्त्र विषय लिइ स्नातक अध्ययनरत विद्यार्थी हुन)