कविता
सुन न य काेराेना...?
क्वारेन्टाइनमा वसेर अघाइ सकियाे
लकडाउन असह्य भइ सक्याे
टाउकाे माथि अाकास खसेझै
श्वास अवरुद्घ भयझै उकुस मुकुस अनि छट्पटी भैराछ
त्यसैले, त्यसैले य काेराेना...!
अब क्वारेन्टाइनमा तिमि बस
लकडाउनमाे सामना तिमी नै गर
तिमी जहाँ छाै त्यहि बाट बिलय हाेऊ
बिन्ति छ तिमिलाई अब धेरै नसताऊ
हाे साच्चै, हाे साच्चै तिमी महान रहेछाै
सबैभन्दा बलवान रहेछाै ठुलाठुला
बणेमानहरुलाई, निमेश भरमै धुलाे चटायाै
महारथीहरुलाई घुँडा टेकायाै
कृपया, कृपया बिन्ति छ मेराे
अव भने क्वारेन्टाइनमा बसिदेऊ
हामी निमुखाहरुलाई के थाहा ?
तिमि यति पहलमान छाै भनेर
बरु म, बरु म ट्रम्पलाई भन्नेछु
तिम्रा दुस्साहासि कासन राेकेर
रसायनिक कारखाना बन्द गर
पिङलाई भन्नेछु, ग्यास उत्सर्जन राेक किमलाई भन्नेछु,
अाणविक भट्टीमा ताला लगाऊ
मान काेराेना मान कृपया यक पल्ट त मानिदेऊ
र क्वारेन्टाइनमा बसिदेऊ !!
हाे हामिबाट भूल भयकै हाे
प्रकृति माथि ज्यादती गरेकै हुन
म वादा गर्छु, अब यस्ताे हुने छैन
धुर्तहरुलाई सचेत गराई सक्याै
ऊनीहरुकाे असली अाैकात देखायाै र अव
तिमी मान काेराेना र मान्नै पर्छ किनकी
गरिवहरु भाेकायका छन मजदुरहरु रिसायका छन जगत राेइ रहेछ त्यसैले, त्यसैले
बिन्ति छ काेराेना तिमी क्वारेन्टाइनमा वस
निमुखालाई गरिखान देऊ
हाे हामिललाई बाँच्न देऊ कृपया काेराेना
क्वारेन्टाइनमा बसि देऊ
मेराे ज्ञानी काेराेना
तिमि भनेकाे मान
क्वारेन्टाइनमा बस