डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीमा पिसिआर मेसिनको उद्घाटन गरेकाछन् । मंगलबार जिल्ला अस्पताल डोटीमा जडान गरिएको पिसिआर मेसिनबाट डोटी ,अछाम र बाजुरालाई मुख्य प्राथमिकतामा दिई कोरोना भाइरस कोभिड-१९ को चेकजाँच गरिने छ ।
पिसिआर मेसिन जडान गर्न झन्डै १ करोड ५० लाख खर्च भएको छ ।