धनगढी । सुदुरपश्चिममा आज बिहीबार ५० जना कोरोना संक्रमित थपिएका छन् ।सेती प्रादेशिक अस्पताल धनगढी, डडेल्धुरा अस्पतालको प्रयोगशाला र डोटी अस्पताल को प्रयोगशालामा गरिएको परिक्षणम ५० जनामा कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कैलालीका २० जनामा ,डोटीका ६ जना , बैतडीका १७ जनामा, कन्चनपुरका ६ र बझाङका १ जनामा कोरोना पुष्टी भएको बताए ।