डोटी । जिल्ला अस्पताल डोटीको कोभिड१९ प्रयोगशालामा बुधबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ नमुनाहरुको कोरोना जाँच गरिएमा ३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा दुई जना डोटीका र एक जना कैलालीका रहेका बताईएको छ ।
आज डोटीको दिपायल सिलगाढी नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकाका एकएक जना र कैलालीको धनगढीका एक जनामा कोरोना पुष्टि भएको छ ।