अत्तरिया ।सुदूरपश्चिम प्रदेशमा आज ४१३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ४४८ नमुना परीक्षण गर्दा थप ४१३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ३१२ नमुना पिसिआर गर्दा १४९ जना र एक हजार १३६ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २६४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १९४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।