धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा ६८ जनामा कोरोना परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि हो ।यस्तै ४३ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये १ जनाको आइसियुमा र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । त्यस्तै , आज अस्पतालमा ६ नयाँ बिरामी भर्ना भएका छन् भने ७ जना निको भई घर फर्केका छन् ।
त्यस्तै , कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका १६ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उपचार गराइरहेको उनको आज बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।