अत्तरीया । सुदूरपश्चिममा कोरोना निरन्तर बढ्दै गएको छ । भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि बढ्दो क्रममा कोरोना संक्रमित फेला पर्न थालेका हुन् ।
बुधबार मात्रै सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ५०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक देखाएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालमा ४२ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ ।