देशभर थप ६ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टीजेन विधिबाट ३३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप ४४४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.२ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९७१ जनाको मृत्यु भइसकेको छ । यता थप २० हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।