काठमाडौं । पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ६ सय ८२ परीक्षणमा ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार एक हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३ सय २६ र दुई हजार ७ सय ४० एन्टिजेन परीक्षणमा ३ सय ३४ जना गरी ६ सय ६० जनामा संक्रमण पुष्टि भएकोे छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने कारोनाबाट संक्रमण मुक्त हुनेको संख्या ४ सय ४४ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ४१ रहेको मन्त्रालयले जनाउको छ ।