काठमान्डौं। पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ४३३ जना निको भएको पनि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।