काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १ सय ६५ जनाको परीक्षणमा २ सय ६३ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
एक हजार ३ सय ९९ पीसीआर परीक्षणमा १ सय ६२ जना र एक हजार ७ सय ६६ एन्टिजेन परीक्षणमा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।