कैलाली । कैलालीमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार चार जना पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका ९ खैरीफाँटामा १७ बर्सिया किशोरी बलात्कार गरेको आरोपमा स्थानीय दीपक कडारा, लोकेश रावत, शङ्कर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
‘इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो’ उनले भने ‘उनीहरु माथि आज म्याद थप हुन्छ ।’
युवतीमाथि गत भदौँ ११ गते राती आफन्तको घरबाट आइरहेको बेला सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।