धनगढी । कञ्चनपुरमा बिष खुवाएर ज्यान मार्ने उद्योग गर्ने महिला तीन वर्षपछि पक्राउ परेकी छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की समिरा चन्दलाई तीन वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले चन्दलाई बेल्डाँडी स्थित घरबाट पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिए।
बिष खुवाएर ज्यान मार्ने उद्योग गरेको कसुर लागेकी चन्दलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ सालको भदौँमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। dineshkhabar.com बाट