महेश कुमार महर
अत्तरिया -पछिल्लो समय अत्तरियामा प्रहरीले आफ्नो सक्रियता बढाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेती प्रमुखमा डीएसपी आएपछि प्रहरीको सक्रियता बढेको हो । डीएसपीमा ज्ञानबहादुर विष्टले कमाण्ड सम्हालेपछि बिभिन्न घटनामा सङ्लग्न अभियुक्त पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।
प्रहरीले पछिल्लो २ महिनाको अवधिमा बिभिन्न घटनामा सहभागी २६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गोदावरी नगरपालिकामा भएका बिभिन्न घटनामा संग्लनलाई पक्राउ गरेको हो । प्रहरीले असार १३ गते यता मानव वेचबिखनका घटना २ जना , बेश्याबृती सङ्लग्न ५ जना, फरार अभियुक्त १ जना , जुवा खेल्ने ९ जना ,जबजस्ती करणीको आरोपी २ जना , राजस्व छलीमा १ जना , भन्सार छलिमा २ जना , हिट एण्ड रन केसमा १ जना र चोरीमा संग्लन ३ जनालाई पक्राउ गरेर जिल्लामा पठाएको छ ।
त्यस्तै सोहि अवधिमा प्रहरीले २ हजार लिटर मदिरा नस्ट गरेको छ ।डिएसपी बिष्टले आन्तरिक रुपमा पनि प्रहरीलाई मनोबल उच्च राख्ने गरी काम गर्न प्रोत्साहान गर्ने गरेको एक प्रहरी अधिकारीले बताए । उनी आँफै पनि घटनालाई निकै नजिकबाट हेर्ने गर्दछन् । प्रमुख बिष्टले स्थानिय सँगको समन्वयलाई पनि बढाएका छन् । स्थानिय सँग सम्वन्वय गरेर मात्रै अपराधका घटनामा कमी आउने उनको विश्वास रहेको छ । डिएसपी बिष्टले आफुले जिम्मेवारी सम्हाले देखी नै होटेलमा हुने अनैतीक कृयाकलापमा कडाई, चोरी नियन्त्रण , अबैध मदिरा नष्ट गर्ने अभियान,जुवातास नियन्त्रणमा लिने अभियानलाई कडाई गरेका छन् ।
अनैतिक क्रियाकलाप र मानव बेचविखनमा संग्लन ६ जना पक्राउ
प्रहरीले पछिल्लो समय अत्तरियाका होटलहरुमा हुने अनैतिक क्रियाकलाप बिरुद्ध सक्रियता बढाएको छ । प्रहरीले असार ३० गते यता ७ जनालाई अनैतिक क्रियाकलप गरेको र गराउन लगाएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले असार ३० गते गोदावरी नगरगरपालिका १ धनगढी रोड स्थीत ईन्द्रेणी होटलमा बेश्याबृती गराईरहेको आरोपमा १ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा होटल संचालीका अरूणीमा भन्ने अरूणा मुक्तान रहेकि थिईन । उनका बिरुद्ध घोडाघोडी नगरपालिका ६ बस्ने बर्ष २० की पबित्रा घर्तीमगर र पुनरबास नगरपालिका “ग“ गाउँ बस्ने बिमला बोहराले होटलमा काम गर्दा बेश्याबृत्तीमा लगाई यौन शोषण गर्ने गरेको र पैसा समेत नदीएको जाहेरी परेको थियो । त्यस्तै प्रहरीले असार ३२ गतेन्यू ओलानी खड्का होटलका संचालक पुष्कर भुललाई पक्राउ गरेको थियो ।
उनले होटलमा भाँडा माझ्ने,पोचा लाउने काम गर्ने भनी दाङ गोराही बस्ने सिता घर्ती र रोल्पा त्रिबेणी बस्ने बालीका ओली लाई बोलाई होटलमा काम लगाएको तर पछि उनीहरुलाई यौन क्रियाकलापमा लगाई पैसा समेत नदीई मानब बेचबिखन गरेको भनी उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोहि दिन प्रहरीले गोदावरी नगरपालिका१ अत्तरियामा रहेको नागराज होटल एण्ड लज होटलमा अनैतिक क्रियाकलाप गराउने गरेको आरोपमा होटलबाट ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका १बस्ने होटल संचालक तुला सिह बोहरा, जुगरानी चौधरी , झापा दमक की शर्मीला मगर , दैलेख दुल्लुकी निशा भन्डारी डडेल्धुरा गन्यापधुराकी माया मल्ल रहेको प्रहरीले जनाएको छ । उनीलाइ होटल संचालक तथा सोही होटलमा बस्ने केटीहरुले अनैतिक कार्य तथा हो– हल्ला गरी अशान्ती गरी राखेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ
प्रहरीले साउन १२ गते गोदावरी ५ बर्बट्टामा आफ्नै बुवालाई चिरपटले हानेर हत्या गर्ने राम सिह कुमाललाई पक्राउ गरेको थियो । उनले आफ्नै बुवा अमर सिंह कुमाल लाई घरायसी बिवादका कारण काठको चिरपटले हानेर हत्या गरेका थिए । उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा गोदावरी नगरपालिका २ स्थीत धनगढी रोड सब्जी मण्डी भित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।
जुवा खेल्ने खेलाउने ९ जना पक्राउ
जुवा खेल्ने खेलाउने ९ जना पक्राउ प्रहरीले साउन ९ गते गोदाबरी नगरपालीका १ स्थित खप्तड रेष्टुरेन्ट एण्ड लजबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ३ बस्ने होटल सञ्चालक डबल खड्का , सोहि ठाउँका लोकेन्द्र सिंह साउद , नवराज भट्ट ,े वेनु प्रशाद खरेल , कन्चनपुर भिमदत्त नगर पालिका ४ बस्नेसन्तोष चन्द, राम बहादुर सिंह , धिरेन्द्र बहादुर चन्द सन्जु राना , महाकालि नगरपालिका ५ बस्ने राम दत्त जोशि लाई जुवा खालबाटै पक्राउ गरेको थियो । साथै प्रहरीले उनीहरुको साथबाट दाउमा राखेको दुई लाख एकतिस हजार आठ सय तिस रुपिया बरामद गरेको थियो ।
जबर्जस्ती करणी आरोपी २ जना पक्राउ
प्रहरीले असार २० गते जवर्जस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको थियो । गोदावरी नगरपालिका ४ मा बस्ने एक नाबालीकालाई जबर्जस्ती करणी आरोपमा सोहि ठाउँका ज्योती प्रकास वन लाई पक्राउ गरेको थियो ।
यस्तै प्रहरीले भाद्र ४ गते गौरिगंगा न पा ९ बस्ने बर्ष २२ को मिलन देवललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको थियो । उनलाई धनगढी घर भएकी १५ बर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा पक्राउ गरिएको थियो ।
राजस्व छली र भन्सार छली गर्ने ३ पक्राउ
प्रहरीले साउन ३० गते गोदावरी नगरपालिका ६ बाट गौरीगँगा नगरपालिका २ वस्ने टेकेन्द्र चन्दलाई राजस्व छलीको सामान सहित पक्राउ गरेको थियो । उनलाई प्रहरीले से ५ प ३१४ नम्बरको मोटर साईकलमा बिना बिल भएको कट्टाको पोका भित्र फेन्सी कपडाहरु बरामद गरीएको थियो । स्टिमेट बिल मात्रै रहेको सो सामानको मुल्य १ लाख ५७ हजार ३ सय रहेको थियो । त्यस्तै प्रहरीले भाद्र ३ गते अत्तरीयाको महेन्द्रनगर रोडबाट २ जनालाई भन्सार छलिका सामान सहित पक्राउ गरेको थियो ।
कञ्चनपुर बेदकोट ३ बस्ने अमर लुहार र पारस बोहरालाई भन्सार छलिका सामान सहित पक्राउ गरेको थियो । उनिहरुले म २ प ३१५१ नं र से३ प २२१३ नम्बरको मोटरसाईकलमा भन्सार छलि ल्याउदै गरेको १ लाख ०३ हजार २ सय २० रुपिया बराबरको हार्डवेयरका सामानहरु सहीत पक्राउ मुल भन्सार कार्यालय धनगढी पठाईएको थियो ।
हिट एण्ड रन केसको गाडी र चालक पक्राउ
प्रहरीले साउन १४ गते अत्तरियाको धनगढी रोडकम स्कुटीलाई टक्कर दिई फरार भएको सवारी नम्बर नखुलेको गाडी पक्राउ गरेको थियो । प्रहरीले से ५प ७९८९ नम्बरको स्कुटी गोदावरी २ तेघरी बस्ने प्रकास मल्लले चलाईरहेको अवस्थामा ठक्कर दिने बा २०च ६७९८ गाडी र चालकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका ३ बस्ने देब बोगटी रहेका थिए ।
चोरीमा संग्लन ४ जना पक्राउ
प्रहरीले भाद्र १ गते किराना पसलबाट सामान, नगद र रिचार्ज कार्ड चोरी गर्ने १ जनालाई पक्राउ गरेको थियो । गोदावरी नगरपालीका २ तेघरी बस्ने पदमराज ओझाले किराना पसलमा चोरी गरेको आरोपमा सोहि ठाउँका कमल ओली पक्राउ गरेको थियो । उनलाई प्रहरीले संकास्पद रुपमा हिडी रहेको अवस्थामा अत्तरीया बसपार्क बाट पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट चोरी भएको २३ ओटा रिचार्ज कार्ड र नगद ९ हजार ९सय ७०बरामद गरेको थियो । त्यस्तै प्रहरीले भाद्र ४ गते गोदावरी नगरपालीका ६खैराना पुलबाट से ४ प १९७ नम्बरको चोरीको मोटरसाईकल सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गौरीगंगा नगरपालीका ३ का राज कुमार चौधरी , गोदावरी नगरपालीका १ बस्ने बिबेक चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालीका ९ का बाबु राम चौधरी समेत पक्राउ गरेको थियो ।
२ हजार लीटर घरेलु रक्सी नष्ट
प्रहरीले साउन ५गते अत्तरियाको महेन्द्रनगर रोड तथा अत्तरीया चोक आसपास क्षेत्र बाट मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ तथा घरेलु मदिरा बरामद गरि नस्ट गरेको थियो । प्रहरीले एकै दिनमा २ हजार लिटर बरामद गरी स्थानिय जन प्रतिनिधीको रहोबरमा नष्ट गरेको थियो ।
गोदावरी न्युज बाट