धनगढी । कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपमहानगरपालिका- २ बस्ने २४ वर्षीय शन्त शाह र २७ वर्षीय बसन्त ओली रहेका छन उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले चेकजाँच गर्दा १ ग्राम ६०० मिली ग्राम खैरो हिरोइन फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।