धनगढी । कैलालीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाइ पक्राउ गरेको छ। आज धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित उनलाइ पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-४ बस्ने २६ वर्षीया देउमती साउद रहेकी छन्। उनलाइ गोप्य सूचनाको कैलाली प्रहरीले समातेको जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।