अत्तरिया । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिनु भएको छ । आज सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय नक्साल पुगेका पोखरेलल सोमबारको हाजिर गरेर पदबाट राजीनामा दिनु भएको हो ।
पोखरेलको राजीनामा भने स्वीकृत हुन बाँकी नै छ । पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिनु भएको छ ।
पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।