धनगढी । धनगढीमा सुदुरपश्चिम प्रदेशको सर्वाधिकधन राशीको फुटसल प्रतियोगिताहुने भएको छ । फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनको आयोजना र नेपाल खेलकुदपत्रकार मञ्च कैलालीको सह आयोजनामा नेपालआईस धनगढी फुटसल लिगहुने भएको हो । आज धनगढीमा पत्रकार सम्मेलनगर्दै झण्डै ८० हजार नगदधनराशी रहेको प्रतियोगिताको बारेमा जानकारी दिईएको छ ।
सुदुरपश्चिम प्रदेश वासीहरुको महानपर्व गौराको अवसरदेखि धनगढी फुटसल लिगको अवधारणा अनुसार पहिलो श्रृंखला अन्तर्गत वैक तथावित्तिय संस्थाहरुको टीम बीच धनगढी फुटसल लिगहुनलागेको आयोजकफ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनका अध्यक्ष आशिष शाहले जानकारी दिए ।
धनगढीलाई खेलकुदको शहरको रुपमा अघि सार्ने अवधारणा भईरहँदा यस क्षेत्रमा भित्रिएको नयाँ खेल फुटसलको माध्यमले हामीपनि अग्रसर भईरहेका छौं । पछिल्लो एक बर्षदेखि फुटसल खेलको विकास विस्तार र प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरु पनि गर्दै आएका छौं, अध्यक्ष शाहले भने– एक बर्षको अवधिमाहामीले विभिन्न क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, राजनिति, वडा वडा लगायतका धेरै फुटसलका गतिविधिहरु तथा प्रतियोगिताहरु आयोजनागर्दै आएकोमाअव धनगढी फुटसल लिगको तयारीमा लागिरहेका छौं ।
धनगढी स्थित वैंक तथावित्तिय संस्थाहरुको टीमले सहभागीता जनाउने धनगढी फुटसल लिगगौरा पर्वको दिनभदौ ६ गतेदेखि सुरु हुने छ । सार्वजनिक विदाका दिनहरुमा खेलाईने यो लिगको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्रपाउनेछ । उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्रपाउनेछ । त्यसैगरी विभिन्न विधाका उत्कृष्टहरुले पनिनगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।
वैंकर्स क्लब धनगढीको समन्वयमा हुने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । प्रतियोगितालाई सिजीबु्रधरी नेपालको उत्पादन नेपालआईसले मुख्यप्रायोजना गरेको छ । पत्रकार सम्मेलनमा वोल्दै वैंकर्स क्लब धनगढीका अध्यक्षधर्म विष्टले यो प्रतियोगिताले वै.क तथावित्तिय संस्थाहरुको वीच सम्बन्धबन्नुका साथै मनोरञ्जन समेत प्राप्तहुने बताए । उनले यो लिगलाई निरन्तरता दिन पनिआयोजकलाई आग्रह गरे ।