डोटी। स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा मैत्रीपूर्ण फुटबल “भैरव ट्रफी २०७९”प्रतियोगिता हुने भएको छ। भैरव प्रसाद गणको १४२औं वार्षिकोत्सबको अवसरमा ३ दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भैरव प्रसाद गणका गणपति जन्मत बहादुर कार्कीले बताउनु भयो। साउन १२ गत देखिे १४ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लाका १० टिमको सहभागिता रहने गणपति कार्कीले जानकारी दिनुभयो। आज दशवटै टिमले टाईसिट तान्दै एक पोलमा ५ वटा टिम रहने गरि २ पोलमा जम्मा १० वटा टिम रहका छन् । जस मध्ये पोल १ मा नेपाल पत्रकार महासंघ डोटी शाखा,भैरव प्रसाद गण,दिपायल सिलगढि नगरपालिका,पुर्बिचौकि गाउपालिका र कर्मचारी मिलन केन्द्र रहेका छन् भने पोल २ मा त्रिभुवन बिश्वबिधालय प्राध्यापक संघ डोटी ,बैंकर्स संघ,डोटी उद्योग बाणिज्य संघ,शिखर नगर पालिका र गैरसरकारी संस्था महासंघ रहेका छन। पछिल्लो समय डोटी जिल्लामा सुस्ताउदौ गएको खेलक्षेत्रलाई माथि उठाउने उदेश्यले नेपाली सेनाको भैरव प्रसाद गणले विभिन्न खेल प्रतियोगिताको आयोजना गरि खेलाडीहरुको मनोबल बढाउने काम गरेको दिपायल सिलगढि नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासिले बताउनु भयो।