काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भारतविरुद्ध ३-० ले पछि परेको छ ।
भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा घरेलु टोली भारतसँग पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोश्रो हाफमा लगालग खोल खाएको हो ।
५० औं र ५२औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गरे । यसअघि ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गरेका थिए ।
नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराएर पहिलो जित निकालेको थियो ।
शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाउनका लागि नेपाल र भारत दुवैलाई आजको खेल महत्वपूर्ण छ । अनलाइनखबर बाट