डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका –२ मा पर्ने झिग्रानालाइ धेरैले सुदूरपश्चिम क्षेत्रको उत्कृष्ट गन्तब्यको रुपमा रहेको खप्तड क्षेत्रको प्रबेशद्धारका रुपमा चिन्छन् । झिग्राना क्षेत्र खप्तड प्रबेश द्धारका रुपमा मात्र नभएर आफैमा प्राकृतिक सौन्दर्यको अनुपम उपहारका रुपमा लिन सकिन्छ ।
यस अघि सम्म झिग्राना क्षेत्रलाइ खप्तड प्रबेशद्धारका रुपमा हेर्ने गरिएको भए पनि यस क्षेत्रमा बनभोज आयोजना गर्न, घुमफिर गर्न र प्रकृती सँग रमाउन प्रसस्तै ठाउँ रहेको छ ।
अग्ला डाँडामाथीका फराकिला मिलेका स– साना पाटनहरु, तलाउ, घना, जँगल, ठुला ठुला चट्टान र ओडार लगायत यस क्षेत्रकाका बासिन्दाहरुको फरक जिवनशैली आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण हुन सक्छन ।
कसरी पुग्न सकिन्छ झिग्राना –
झिग्राना पुग्न डोटीको जिल्ला सदरमुकाम सिलगढीबाट १४ किलोमिटर कच्चि सडक पार गरेर पुग्न सकिन्छ । झिग्राना सम्म नै कच्ची सडकको ब्यबस्था गरिएको छ । ट्रकिङ रमाउनेहरुका लागि सिलगढीबाट करिब पाँच घण्टाको पैदल यात्रा गरेर पनि पुग्न सकिन्छ ।
खानपानको ब्यबस्था –
पछिल्लो समय खप्तड होम स्टे सञ्चालनमा छ । होम स्टेमा परम्परागत शैलीको खानपानको स्वाद र बसोबासको अनुभव लिन सकिन्छ । होम स्टेमा स्थानीय स्तरमा उत्पादित खानाहरुलाइ बढी प्राथमिकता दिइएकाृे छ । झिक्रानामा खाना बस्नको राम्रै ब्यबस्था छ । परम्परागत रुपमा सञ्चालित साना होटललहरुले समेत नियमित सेवा दिइ रहेका छन् । सुदूर न्युज लाइन बाट