महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले टीका र खादा लगाएर सम्मान गरेपछि झापाका दुई युवाले पश्चिमी सीमा नाका गड्डाचौकीबाट महाकाली मेची पदयात्रा सुरु गरेका गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी सफल बनाउन लक्ष्य लिएर झापा मेची नगरपालिकाका सुरेश उप्रेती र दमक नगरपालिकाका खगेन्द्र निरौलाले महाकालीबाट पैदल यात्रा सुरु गरेका छन् । गड्डाचौकीस्थित नेपाल भारत सीमा ७ नं. पिल्लरमा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले दुबै जनालाई टिका लगाएर खादा लगाएर सम्मान गरेपछि पैदलयात्रा सुरु गरिएको छ ।
‘नेपाल भ्रमण वर्ष सबै नेपालीका लागि देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर हो, यसलाई सफल पार्न पूर्वको झापाबाट दुई युवाले यात्रा सुरु गर्नु भएको यो पैदल यात्रा भ्रमण वर्ष सफल बनाउन महत्वपूर्ण हुने विश्वास लिएको छु’ भीनपा नगर प्रमुख विष्टले भने, ‘यति लामो दुरीको पैदल यात्रा सुरु गर्नु भएकोमा वहाँहरुको सुखद यात्रा र उत्तरोत्तर प्रगतिको कामना गर्दुछु ।’ उनले झापाबाट आएर भीमदत्त नगरपालिकामा पर्ने पश्चिमी सीमा नाका गड्डाचौकीमा आएर पैदल यात्रा सुरु गरेकामा दुबै जनालाई बधाई दिए ।
नगर प्रमुख विष्टले भने, ,‘यो भीमदत्तका लागि गौरबको विषय हो, यसले भीमदत्त सहित देशभर भ्रमण वर्ष सफल रुपमा सम्पन्न हुने सञ्चार भएको छ ।’ नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा भीमदत्तले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पर्यटकीय स्थानहरुमा सरसफाई अभियान सुरु गरेको छ । भ्रमण वर्षलाई मध्यनजर गरी प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्यक्रम गरिएका छन् । कार्यक्रममा क्लिन काष्ठमण्डपका अभियन्ता केपी खनाल, समाजसेवी कर्ण बहादुर चन्द, नेपाल पत्रकार महासङ्घ कन्चनपुरका अध्यक्ष बिष्णु अवस्थी, ुदूरपश्चिमाञ्चल विश्वविद्धालयका उप प्राध्यपक राजेन्द्र जोशी, शिक्षक उत्तम विष्ट, विद्यार्थी नेता ओम बस्नेत लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका छन् ।
पैदल यात्री उप्रेतीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी सफल बनाउन पैदल यात्रा सुरु गरिएको बताए । ‘सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने नारा बोकेर महाकाली मेची पैदल यात्रा सुरु गरिएको छ, यात्राका क्रममा भ्रमण सफल बनाउन सबैसित आग्रह गरिन्छ, त्यसको प्रचारप्रसार गछौ्र्र’ उनले भने । शुक्रबार पहिलो दिन झलारीसम्म २४ किलोमिटरको यात्रा गरिएको छ । ‘झलारीसम्म यात्रा ग¥यौ, पहिलो दिन भएकाले अलि कम भो, भोलिदेखि यसलाई बढाउँछौ’ उप्रेतीले भने ।
मेचीनगर घर भएका उप्रेती दमक नगरपालिकामा बस्दै आएका छन् । अर्का निरौला दमक बहुमुखी क्याम्पसका बिबिएस अध्ययनरत छन् । पैदल यात्री दुबै जनाले नेपाल भ्रमण वर्ष २०२० सफल पारौ भन्ने नारा र लागो सहित लेखिएको टिसर्ट लगाएका छन् । भारतको जम्मु कस्मिरमा हुने ७५किलोमिटर लामो अमरनाथ यात्रा बर्सेनी सहभागी भइ सकेका छन् ।
४१ वर्षिया सुरेश उप्रेती यस अघि पनि दमकदेखि ताप्लेजुङको पाथिभरा मन्दिरसम्म तीन पटक पैदल यात्रा गरी सकेका छन् । दमक बहुमुखी क्याम्पसका विद्यार्थी २१ वर्षिया निरौला भने पहिलो पटक पदयात्रामा निस्किएका हुन् । गड्डाचौकीदेखि मेची सम्मको करिब १ हजार ३१ किलोमिटर दुरी एक महिना अर्थात ३० दिनमा पूरा गर्ने लक्ष्य राखिएको छ ।