डोटी । खप्तड जाने बाटो हिमपातपछि अबरुद्ध भएको ४ दिनपछि खुलाउने प्रयास भएको छ ।
बन्द पैदलमार्ग नेपाली सेनाको एक टोलीले बाटाे खाेल्ने काम सुरु गरेकाे हो।पैदल मार्गमा करिब ४ फिट हिउँ जमेको ले सेनाले बाटो खोल्ने काम सुरु गरेको खप्तडमा रहेको नेपाली सेनाको श्री गोरख गुल्मका लप्टेन तिर्थ खत्रीले जानकारी दिए ।
उनले आइतबार नाटेश्वरि , खप्तड बाबा आश्रम सम्म बाटो खोलिएको बताउदै सोमबारदेखि त्रिबेणि, सहर्षलिङ्ग र घाेडादाउने पाटनकाे बाटाे खाेल्न सुरु गरिएको जानकारी दिए ।
८ डिग्री सेल्सियस तापक्रममा बाटो खोल्ने काम जोखिम भएपनी सेना निरन्तर लागि रहेको खत्रीले जानकारी दिए ।