कन्चनपुर । भीमदत्त नगरपालिकाले नेपाल भ्रमण बर्ष २०२० को अवसरमा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने पर्यटकलाई भीमरथमा परिक्रमा गराएको छ ।
पुर्वनिर्धारित कार्यक्रम अन्तरगत पर्यटन वर्षका अवसरमा गड्डाचौकीमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाने त्यस नाकाबाट नेपाल भित्रिने पहिलो पर्यटक दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगी सहित पाँच जना विदेशी पर्यटकलाई सम्मान गर्दै भीमरथमा परिश्रमा गराएको हो ।
सम्मानित हुनेमा एक जना दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगी, तीन जना जर्मनी नागरिक र एकजना इटलियन नागरिक रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर – ३ का प्रतिनिधि सभा सदस्य माननीय डा. दिपकप्रकाश भट्टले ढाका टोपी तथा खादा ओढाएर सम्मान गरे ।
कैलालीको लम्कीचुहा नगरपालिकाकाले सुदुरपश्चिमको प्रबेशद्धार कर्णाली चिसापानी बाट एक भब्य समारोहका बिच बुधबार नेपाल भ्रमण वर्ष २०२० को औपचारीक रुपमा उद्घाटन गरेको छ । नेपाल सरकारको निति र निर्देशन अनुसार लम्कीचुहा नगरपालिकाले बिहान बाह्यि तथा आन्तरिक पर्यटकहरुलाई चिसापानीमा फुलमाला लगाएर खादा ओढाई सम्मान तथा स्वागत गरीएको थियो ।