डडेल्धुरा । डडेल्धुरामा पनि बुधबारबाट सुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरिएको छ।
डडेल्धुराको सदरमुकाममा नेपाल सरकारको तर्फबाट सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भ्रमण वर्षको शुभारम्भ गरेका हुन्।
उक्त कार्यक्रममा डडेल्धुराबाट प्रतिनिधित्व गर्ने प्राय सबै जनप्रतिनिधिको सहभागिता रहेको थियो। जिल्लाका सबै स्थानीय तहरूले आ-आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गर्ने जनाएका हुन्।
‘घुम्न जाऔं अमरगढी’ अभियान सफल पार्नका लागि नगरप्रमुख विशेश्वरप्रसाद ओझाको संयोजकत्वमा ६ सय जनाको मूल समिति निर्माण गरिएको छ। अमरगढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, अमरगढीभित्र अध्यापन गराइरहेका शिक्षक, स्वयंसेविका, यहाँका व्यवसायीलगायतको सहभागितामा उक्त समिति गठन गरिएको छ। thahakhabar.com बाट
