विगत ३० वर्षदेखि डोटीमा बर्षा होटल सञ्चालन गदै आएका सफल व्यवसायी पदम बोहराले सुदूरपश्चिमको व्यापारिक केन्द्र धनगढीको चटकपुरमा पनि आज देखी सुविधा सम्पन्न बर्षा होटलको शाखा सञ्चालनमा ल्याएका छन् ।
३० वर्ष देखी सुदूरपश्चिमको मुटु दिपायल पिपल्लामा होटल व्यवसायमा जमेका बोहराले पछिल्लो समय सुदूरपश्चिम प्रदेशको राजधानी प्रदेश सरकारले कैलाली घोषण गरे संगै आफुले धनगढीमा शाखा विस्तार गरेको बताएका छन् ।
उक्त सुविधा सम्पन्न होटल होटेल सञ्चालक बोहराले धनगढी उप महानगरपालिका वडा नम्बर ३ मोहनापुल अत्तरिया सडक खण्डको चटकपुरमा सञ्चालनमा ल्याएका छन् ।
३० वर्ष लामो होटेल व्यवसाय गरेको अनुभवले आफुले धनगढीमा पनि ४ करोड लगानीमा होटल सञ्चालनमा ल्याएको बोहराले बताए ।
होटल बर्षाको आज कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र होेटेल ब्यवसायी संघका अध्यक्ष कलम बमले सयुक्त रुपमा उद्घाटन गरका हुन ।
२२ कोठा रहेको होटलमा सुविधा सम्पन्न तालिम हल, रेष्टुरेण्ट लगायत अन्य सेवा रहेको जनाएको छ।